दाङमा ७० करोडको धानमा क्षति

दाङमा बेमौसमी वर्षाका कारण दाङमा करिब ७० करोड रुपैयाँको धान बालीमा क्षति पु¥याएको छ । जिल्लाका १० स्थानीय तहबाट संकलन गरेको तथ्यांक अनुसार उक्त रकम बराबरको धान बालीमा क्षति पुगेको हो ।कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ६९ करोड १७ लाख ६ हजार २ सय २५ रुपैयाँको क्षति भएको हो । जिल्लामा ८ हजार ९ सय […]

सम्बन्धित सामग्री

दाङमा वर्षाको असर - काटेको धान खेतमै नष्ट, बाढी र पहिरोले यातायात सेवा प्रभावित

दाङ – दाङमा हिजाे आइतवारदेखि परेको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएको छ । पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् ।लगातारको वर्षाले घोराही र तुलसीपुर क्षेत्रमा खेतमा पाकेको धानमा क्षति गरेको छ । पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानको खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।यस्तै वर्षाका कारण दाङका खोला तथा नदीहरूमा पानीको बहाव बढेको छ । दाङकोे पातु खोला, ग्वार खोला, ...

१५ दिन नबित्दै फेरि देखियो सलह

जिल्लाको देउखुरी क्षेत्रमा आइतबार फेरि सलह प्रवेश गरेको छ । यसअघि असार १६ गते र १७ गते जिल्लामा सलह देखिएको थियो । दोस्रो पटक जिल्लामा सलह प्रवेश गरेसँगै कृषकहरु चिन्तित भएका छन् । भर्खरै रोपिएको धानमा क्षति पु-याउने होकि भन्ने चिन्ता उनीहरुमा रहेको छ । भित्र्याउने बेला भएको मकै, तथा तरकारी बालीमा समेत क्षति पु¥याउने चिन्तामा कृषकहरु रहेका छन् । आइतबार दाङमा आएको सलह यसअघि आएको भन्दा ठूलो संख्यामा रहेको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख महेश अधिकारीले जानकारी दिए । राप्ती गाउँपालिकामा दिउँसो सलह देखा परेको उनको भनाइ छ । “बसेको खबर आएको छ के कति क्षति गरेको भन्ने तथ्यांक संकलन गर्ने काम भइ रहेको छ ।” प्रमुख अधिकारीले भने ।