काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा २०७९ बैशाख ३० गते गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न…