बैशाख ३० गते स्थानीय चुनाव गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ बैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगले जेठ ५ गतेदेखि स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै जेठ ४ गते एकै चरणमा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो। सरकारले भने मतगणना गरी नयाँ जनप्रतिनिधि आउन लाग्ने समयलाई ख्याल गर्दै बैशाख ३० मै निर्वाचन गर्ने निर्णय गरेको हो।   

सम्बन्धित सामग्री

यी हुन् कांग्रस बैठकमा छलफल भएका ९ प्रस्ताव

काठमाडौं । स्थानीय चुनाव तयारी सम्बन्धि प्रस्ताव स्थानीय निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै बैठक सम्पूर्ण एकता र सम्पूर्ण सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको केन्द्रीय कार्यसम्पादन समितिले जनाएको छ । यसका लागि दुईवटा समितिहरु गठन गरिएको छ । स्थानीय निर्वाचन मूल तयारी समिति – संयोजक, घोषणा पत्र तयारी समिति […] The post यी हुन् कांग्रस बैठकमा छलफल भएका ९ प्रस्ताव appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय चुनावको घोषणा संविधानविपरीत : महासचिव भुसाल

काठमाडौं : सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले बैशाख ३० मा स्थानीय चुनाव गर्ने सरकारको निर्णय संविधानविपरीत भएको दाबी गरेको छ। थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै पार्टीका महासचिव डा. बेदुराम भुसालले चुनाव घोषणा गर्दा संविधान मिचिएको बताएका छन्।स्थानीय चुनावका सन्दर्भमा संविधान र कानुन बाझिएको भन्दै उनले संविधान अनुकूल कानुन संशोधन गर्न आफूहरुले दिएको सुझावको सुनुवाइ नभएको पनि बताए। भुसालले यस विषयमा अदालतमा मुद्दा पर्न सक्ने संकेत गर्दै मिति घोषणा भए पनि चुनाव हुने वा नहुने अन्यौल कायमै रहको टिप्प

स्थानीय चुनाव वैशाख ३० गते गर्ने सरकारको निर्णय

अहिले बसिरहेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृह मन्त्रालयले जनाएको छ।