काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्रराय यादवले ठेक्का प्रणालीबाट नेपालमा रासायनिक मलको समस्या समाधान नहुने भएकोले 'जीटूजी' प्रक्रियामार्फत भारतबाट मल ल्याउन लागेको बताउनुभयो ।
प्रतिनिधि सभामा सांसदहरूले साेधेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अहिले विश्व बजारमा मल अभाव रहेको र मूल्य पनि चाँडो–चाँडो परिवर्तन हुने भएकाेले मल ल्याउनका लागि (दुई देशका सरकारबीचकाे सम्झाैता) जीटूजी प्रक्रिया उपयुक्त हुने बताउनुभयो ।
यस्तै मन्त्री यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा उत...