काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवले आउँदो असार १५ गतेसम्म ८० हजार मेट्रिक टन मल उपलब्ध हुने दाबी गर्नुभएकाे छ ।
कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधि सभामा भइरहको मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले साल्ट ट्रेडिङले ठेक्का लगाएको मल असार १५ गतेसम्म आइपुग्ने बताउनुभएको हो । यस्तै सरकार–सरकार (जीटूजी) प्रक्रियामार्फत भारतसँग खरिद गर्ने मल पनि चाँडै ल्याउने पहल भइरहेको उहाँले बताउनुभयो । यस्तै रासायनिक मलको सट्टा नानो युरिया मल ...