काठमाडौं : कृषि तथा पशुपंछी विकास मन्त्री महेन्द्रराय यादवले नेपाललाई रासायनिक मल उपलब्ध गराउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक रहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘रासायनिक मलको बिषय सबैको साझा समस्या हो। सबैले गम्भीरताका साथ हेर्नुपर्छ। अप्रिल १ देखि ३ तारिखसम्मको भारत भ्रमणको क्रममा पनि दुवै देशको प्रधानमन्त्रीबीच यसबारे कुरा भएको थियो। भारतीय प्रधानमन्त्री मोदीजी नेपाललाई मल उपलब्ध गराउन सकारात्मक हुनुहुन्छ।’नेप