काठमाण्डाै – संवैधानिक आयोगहरुमा गरिएका नियुक्तिको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गर्ने तयारी गर्नुभएको छ ।
नियुक्तिको सिफारिसलाई सदर गर्नका लागि अहिले राष्ट्रपति कार्यलय शितल निवासमा तयारी भैरहेको कार्यलयका प्रवक्ता जगन्नाथ पन्तले उज्यालोलाई जानकारी दिनुभयो । केहीबेरमा नियुक्तिको सिफारिसलाई राष्ट्रपति भण्डारीले सदर गर्नुहुने र नियुक्ती लगत्तै बिहान ११ बजेभित्रमा सबैजनालाई शपथ खुवाउने कार्यक्रम रहेको प्रवक्ता पन्तको भनाइ छ ।
संवैधानिक परिषद् बैठकले गरेको सिफारिसअनुसार अख्तियार दुरुपयोग अन...