राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार टुङ्ग्याउन माओवादी बैठक बस्दै
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । सत्ता गठबन्धन फेरबदल भएसँगै राष्ट्रिय सभा अध्यक्ष पद माओवादीको भागमा परेको थियो । माओवादीले राष्ट्रपतिबाट मनोनीत सांसद दाहाललाई उम्मेदवार बनाउने निर्णय लिएको थियो ।
राष्ट्रिय सभाको अध्यक्षका रूपमा हेरिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोशी प्रकरणबाट बढ्दै गरेको माओवादीसँगको अविश्वासले चिन्ता बढाएको छ । माघ ११ मा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट सिटौलाले चुनाव जित्दा सत्ता गठबन्धनबाटै माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भइन् । आफ्नो उम्मेदवार हार्नुमा कांग्रेस संस्थापनइतरको असहयोग रहेको माओवादीको ठम्याइ छ ।
अहिले सिटौलालाई राष्ट्रिय सभामा लगेर अध्यक्ष बनाउन देउवा–प्रचण्ड सबै सहमति देखिएका छन् । ‘अध्यक्ष बन्ने गरी नै उहाँलाई राष्ट्रिय सभामा लगिएको हो’ कांग्रेसका एक नेता भन्छन्, ‘त्योभन्दा फरक भूमिका हामीले कल्पना गरेका छैनौं ।’
काठमाडौं : राष्ट्रिय सभा सदस्यमा विजयी दृगनारायण पाण्डेले आज पद तथा गोपनीयताको सपथ लिँदै छन्। लुम्बिनी प्रदेश अन्र्तगत रिक्त राष्ट्रिय सभा सदस्यमा निर्वाचित पाण्डेले आज बिहान ११ बजे सपथ लिने कार्यक्रम रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए। पाण्डेलाई नयाँ बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराउनेछन्।विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे गत जेठ १७ गते भएको उपनिर्वाचनमा विजयी भएका थिए। पाण्डेले नेकपा एमाले
नेकपा एमालेले नेता गणेश तिमिल्सिनाले राष्ट्रिय सभा अध्यक्षको लागि उम्मेदवारी दर्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको एमाले नेताहरूको बैठकले प्रदेश नम्बर ४ मा राष्ट्रिय सभा निर्वाचित तिमिल्सिनालाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेपछि उनले उम्मेदवारी दर्ता गराएका हुन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी नदिने सम्भावना छ। एमालेको निर्णयसँगै…
नेकपा एमालेले नेता गणेश तिमिल्सिनालाई राष्ट्रिय सभाको अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको एमाले नेताहरुको बैठकले प्रदेश नम्बर ४ मा राष्ट्रिय सभा निर्वाचित तिमिल्सिनालाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो। प्रमुख प्रतीपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी नदिने सम्भावना छ। बुधबार चुनाव हुने राष्ट्रिय सभा अध्यक्षका…