राष्ट्रिय सभा अध्यक्षमा प्रधानमन्त्रीका भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने माओवादीको निर्णय

माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी पदाधिकारीको प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।