राष्ट्रिय सभाको अध्यक्षका रूपमा हेरिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोशी प्रकरणबाट बढ्दै गरेको माओवादीसँगको अविश्वासले चिन्ता बढाएको छ । माघ ११ मा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट सिटौलाले चुनाव जित्दा सत्ता गठबन्धनबाटै माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भइन् । आफ्नो उम्मेदवार हार्नुमा कांग्रेस संस्थापनइतरको असहयोग रहेको माओवादीको ठम्याइ छ ।