निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिनको बयानका क्रममा पनि महाभियोग कानुनतः निस्क्रिय भएको बताएका छन् । उनले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६५ को व्यवस्थाको व्याख्या गर्दै समितिमा सो व्यवस्था वाचन गरेर सुनाए । नियम ६५ को उपनियम १ मा प्रस्ताव निष्क्रिय हुने र पुनः पेश गर्न नपाइने ब्यवस्था रहेको बताए । बैठकमा महाभियोग प्रस्ताव पेश गर्ने अनुमति प्राप्त भइसकेपछि पनि पेश नगरिएको प्रस्ताव स्वतः निष्क्रिय हुनेछ भन्ने व्यवस्था रहेको स्मरण गरा