सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले लामो समयदेखि अवरुद्ध सर्वोच्च अदालतलाई निकास दिनको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु पर्ने बताएको छ । महाभियोग प्रस्तावलाई टुंगोमा पुर्याएर न्यायालयलाई निकास दिनुपर्ने ठहर गरेको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले न्याय प्रक्रियामा देखिएको अडचन र अवरोध हट्नु पर्छ भनेर महाभियोग प्रस्ताव दर्ता गरिएको बताए । आइतवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महाभियोग प्रक्रियाको बारे जानकारी ग...