बेनीमा ४०५ योजना सञ्चालन

म्याग्दी / म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा ४०५ वटा पूर्वाधार योजना सञ्चालन गरेको छ । बजेट विनियोजन भएका योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियाका साथै उपभोक्ता समिति गठन गरेर सम्झौतालाई तीव्रता दिएको नगरपालिकाले जनाएको छ । बेनीमा सोमबार भएको आठौँ नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले हालसम्म १६२ को सम्झौता र ३५ वटाको भुक्तानीसमेत भएको... The post बेनीमा ४०५ योजना सञ्चालन appeared first on Purbeli News.

सम्बन्धित सामग्री

स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालन

वालिङ– स्याङ्जामा चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी ४५ योजना सञ्चालनमा रहेका छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो । जिल्लाका ११ वटै पालिकामा न्यूनतम पाँच लाखदेखि अधिकतम २० लाखसम्म बजेट विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए। यहाँका […]

बेनी नगरपालिकाद्वारा सात गौरवका योजना सञ्चालन

बेनी, २९ मङ्सिर । बेनी नगरपालिकाले सात गौरवका योजनालाई कार्यान्वयन गर्न सुरुआत गरेको छ । साना योजनाबाट उपलब्धि नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई सात ठूला योजनामा विनियोजन गरेको थियो । बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसमेतको साझेदारीमा छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु […]

गौरव र स्वर्णिय योजना चालू आवमै कार्यान्वयनमा ल्याउँदै महानगर

‘गौरव तथा स्वर्णिम योजना सञ्चालन कार्यविधि ०८०’ को मस्यौदा तयार काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमै गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने गरी ‘गौरव तथा स्वर्णिम योजना सञ्चालन कार्यविधि ०८०’ को मस्यौदा तयार...

महाभारतमा दुई अर्बका सडक योजना सञ्चालन

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम मान्दै आइएको महाभारत गाउँपालिकामा हाल दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ । महाभारतको भुमेचुली–बुढाखानी–तिनखुट्टे करिब १८ किलोमिटर सडक कालोपत्रसहित निर्माण गर्न ९९ करोड रकम विनियोजन भएको थियो । यस्तै तिनखुट्टे–देवीटार आठ किलोमिटर सडकका लागि रु ४९ करोड रकम विनियोजन भएको […]

पचास करोडका आठ नदी नियन्त्रण योजना सञ्चालन

म्याग्दी, ९ चैत । सदरमुकाम बेनीमा यस वर्ष कटान र बाढी नियन्त्रण गर्न रु ५० करोड लागतमा आठ योजना सञ्चालन भएका छन् ।कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले यसपाली बेनी र आसपासका क्षेत्रमा करिब […]

‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना सञ्चालन

मुक्तिनाथ विकास बैंक निक्षेपकर्ताहरुलाई लाभदायी ब्याजदर प्रदान गर्ने र २२.५० लाख रुपैयाँसम्मको बिमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना सञ्चालनमा ल्याएको छ ।यो योजना अन्तर्गत व्यक्तिगत मुद्दति खातामा न्यूनतम ५ लाख मौज्दात राखेर मुद्दति खाता खोल्ने खातावालहरुले आफ्ना लागि १० लाख रुपैयाँसम्मको दुर्घटना बिमा, २ लाखको घातक रोग बिमा र ५० हजारको आवधिक जीवन बिमा, […]

खानेपानी योजना सञ्चालन हुने

भादगाउँ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा खानेपानी योजना सञ्चालन हुने भएको छ । चाँगुनारायण नपा–९ ताथली चापाटोलमा करिब आठ करोड बराबरको खानेपानी योजना सञ्चालन हुने भएको हो । स्थानीय समुदायलाई खानेपानी सहज बनाउन स्थानीय उपभोक्ता समितिमार्फत योजनाको काम गर्न लागेको नगरपालिका वडाध्यक्ष गणेश त्यातले जानकारी दिए । अध्यक्ष त्यातले आजै डिपबोरिङको उद्घाटन गरी विगत लामो समयदेखि […]

झण्डै दुई खर्ब लागतमा लिफ्टिङ खानेपानी योजना सञ्चालन हुँदै

जिल्लाको पहाडी भेगका ३ गाउँपालिका र कटारी नगरबासीसमेतका लागि गत ०७५ सालदेखि सञ्चालन गर्ने भनिए पनि अहिलेसम्म सुरु नभएको लिफ्टिङ खानेपानी योजना कार्यान्वयनमा आउन लागेको छ।...

फरकफरक कर्जा योजना सञ्चालन गर्न सुझाव

काठमाडौं । वित्तीय समावेशीकरण तथा पहुँच विस्तारका लागि नेपालको सुगम र दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले फरकफरक कर्जा योजना सञ्चालनमा ल्याउन आवश्यक रहेको एक अध्ययनले देखाएको छ । हाल शहरी तथा ग्रामीण भेगमा एउटै प्रकृतिले कर्जा विस्तार गरिँदा त्यति प्रभावकारी नभएको निष्कर्ष निकाल्र्दै आगामी दिनमा ती क्षेत्रमा कर्जा योजना फरकफरक हिसाबले सञ्चालन गर्न सके मात्रै वित्तीयकरणमा नेपालले फड्को मार्न सक्ने अध्ययनबाट पाइएको हो । ‘बैंक तथा वित्तीय संस्थाहरूले शहर र दुर्गम तथा ग्रामीण क्षेत्रका लागि फरकफरक कर्जा प्रोडक्टहरू तर्जुमा गरी लागू गर्न पर्ने देखिएको छ,’ नेपालमा वित्तीय समावेशीकरणसम्बन्धी हालै राष्ट्रिय योजना आयोगले गरेको अध्ययन प्रतिवेदनमा भनिएको छ । नेपालमा वित्तीय समावेशीकरणसम्बन्धी अवस्था बुझ्न योजना आयोगले परामर्शदाता छनोट गरी अध्ययनको जिम्मा दिएको थियो । उक्त परामर्शदाताले अध्ययन गरी बुझाएको प्रतिवेदनमा मुलुक संघीय प्रणालीमा गए पनि अझै पनि मुलुकका विभिन्न भेगमा वाणिज्य बैंकका शाखाहरू नखोलिँदा त्यहाँका नागरिक बैंकिङ पहुँचबाट वञ्चित हुन पुगेको देखिएको छ । सहर तथा दुर्गममा एकनासले बैंकिङ समावेशीकरणमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा मात्र होइन, कर्जा, शीप संयोजनका वित्तीय योजनाहरू तर्जुमा गरी लागू गर्न राष्ट्र बैकको ध्यानाकर्षण गराइएको छ । सबै जिल्ला सुगम भएको तराई क्षेत्रभित्रको प्रदेश नं. २ मा प्रति बैंक शाखा जनसंख्या कर्णाली प्रदेशको प्रति बैंकशाखा जनसंख्या सरह भएकाले यसबारे थप अध्ययन अबश्यक रहेको छ । वित्तीय समावेशीकरणका लागि नेपाल सरकारले प्राथमिकतासहित अनुदानसमेत उपलब्ध गराएको सहुलियतपूर्ण कर्जा प्रवाह बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जाको २ दशमलव ८४ प्रतिशत रहेको अध्ययनले देखाएको छ । प्रभावकारी वित्तीय समावेशीकरणका लागि लघुवित्त तथा वित्तीय सहकारीको दोस्रो तहको नियमन निकाय गठन गरी भरपर्दो बनाउनुपर्नेमा अध्ययनले प्रतिवेदनले जोड दिएको छ । ‘कोरोना प्रकोपजस्ता विपत्तिबाट बढी प्रभावित हुनसक्ने सीमान्त वर्गलाई अर्धऔपचारिक वित्तीय सेवामा पहुँच पु¥याउन गाउँकै कुनै व्यक्तिलाई बैंकले अनुमतिपत्र प्रदान गरेर व्यक्तिगत भुक्तानी तथा ऋण व्यापार डिलरसिप दिई अनौपचारिक क्षेत्रलाई अर्धऔपचारिक वित्तीय सेवामा रूपान्तरण गराउन सकिने देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रभु क्यापिटलको डबल धमाका योजना सञ्चालन

काठमाडौं । प्रभु क्यापिटलले दसैँ, तिहार तथा छठको अवसर पारेर डबल धमाका योजना सञ्चालन गरेको छ । यस योजना अन्तर्गत प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोली निःशुल्क सेयर बजार सम्बन्धी तालिम लिन सकिने छ ।प्रभु क्यापिटलले दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तर्गत छनौट गरिने र १९९ मा २५ प्रतिशत टीडीएस कट्टी गरी बाँकी ग्राहकको वालेटमा फिर्ता गरिने जनाएको छ ।साथै यसरी दैनिक छनौट भएका १० जना र भाग्यमानी ग्राहकहरुलाई प्रत्येक साता शनिबारको दिन पारेर साताभर