एजेन्सी। चीनको दक्षिणी प्रान्त ग्वाङ्झुका केही स्थानमा शनिबार कोरोना संक्रमण देखिएपछि शनिबारदेखि विभिन्न गतिविधिमा प्रतिबन्ध लगाइएको छ। त्यहाँका मानिसलाई घरमै बस्न भनिएको छ। डेढ करोड आवादी रहेको उक्त क्षेत्रमा कोरोना भाइरसको २० नयाँ संक्रमित भेटिएका हुन्। चीनले कोरोना नियन्त्रणमा सफलता पाएको छ। यही कारण पनि थोरै संख्यामा संक्रमित भेटिँदा पनि कडा प्रतिबन्ध लगाएर त्यसलाई फैलन नदिन सतर्कता अपामएको छ।