स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन्। डा. काफ्लेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा औपचारिक रूपमा राजीनामा बुझाएको मन्त्रालयले पुष्टि गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक काफ्लेले राजीनामा पेश गरेको जानकारी दिएका हुन्। उनका अनुसार हाल राजीनामाको विषयमा मन्त्रालयभित्र छलफल भइरहेको छ। “आवश्यक निर्णयका […]
काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव योगेश भट्टराई र पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई टिकट नदिने निर्णय गरेको छ। अघिल्लो निर्वाचनमा निर्वाचित दुवै नेताको स्थानमा क्षितिज थेवे र अशोक ब्याञ्जु श्रेष्ठलाई उम्मेदवार बनाइएको छ। पार्टीले अधिकांश निर्वाचन क्षेत्रको उम्मेदवार तय गरिसकेको छ भने केही क्षेत्रको निर्णय बाँकी राखिएको छ। शनिबारको निर्णयलाई आंशिक सच्याउँदै […]
सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी तथा यसका सहायक नदीहरूको हकमा तोकिएको मापदण्डबाहेक दायाँ–बायाँ थप २० मिटर छाडेर मात्र नक्सा पास गर्नुपर्ने अघिल्लो फैसला उल्ट्याएको छ। यससँगै अब उपत्यकाका नदी किनारमा अतिरिक्त २० मिटर छाड्नुपर्ने व्यवस्था लागू नहुने भएको छ। न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले २०८० पुस ३ गतेको संयुक्त […]
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेका समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ। आयोगले आज कुल ३ हजार २१३ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो। निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम बन्दसूची प्रकाशन गरिएको […]
काठमाडौँ। अभिक शाहले निहाना श्रेष्ठलाई पराजित गर्दै आइतबार अन्तिम चरणको खेल बाँकी छँदै हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको उपाधि पक्का गरेका छन्। स्विस लिग प्रणालीअनुसार नौ चरणमा सञ्चालित प्रतियोगितामा शीर्ष वरीयताका अभिकले लगातार आठ खेल जितेर हिमालयन च्यालेन्जर्स क्लासिकल चेसको उपाधि जित्ने पक्का गरेका हुन्। ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको प्रतियोगितामा […]
नेपाल सुर्ती उद्योगको हस्तक्षेप हुने मुलुकमध्ये ‘मध्यम’ श्रेणीमा परेको छ। स्वास्थ्य अधिकार तथा सुर्तीजन्य नियन्त्रण सञ्जाल नेपालले आज सार्वजनिक गरेको सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेप प्रतिवेदन अनुसार नेपाल सुर्ती उद्योगको प्रभावबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन। कार्यक्रममा सञ्जालका अध्यक्ष शान्तलाल मुल्मीले सरकारी निकायहरूबाट सुर्तीसम्बन्धी कानुन कार्यान्वयन कमजोर हुनुमा सुर्ती उद्योगको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव रहेको […]