काठमाडौं,२३ साउन । नेपाल क्रिकेट संघ क्यानले महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ । क्यानले आज एक सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । आवेदन दिन चाहने व्यक्तिले सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको, नेतृत्व तहमा ३ वर्ष काम गरेकोलगायत योग्यता तोकिएको छ। आवेदन दिन चाहनेले अगष्ट १७ तारिखसम्म दरखास्त दिइसक्नुपर्ने क्यानले जनाएको छ।