रुसले युक्रेन सहर खेर्सनबाट सैन्य फौज फिर्ता गर्न सुरु गरेको जनाएको छ । केही साताअघि कमान्ड सम्हालेका रुसी जनरल सर्गेई सुरोभिकिनले रुसी सरकारी टेलिभिजनमार्फत खेर्सन क्षेत्रबाट सेना फिर्ताको घोषणा गरेका हुन् । सेनाका शीर्ष अधिकारीसँगै टेलिभिजनमा देखिएका सुरोभिकिनले निप्रो नदीको पश्चिमी किनारबाट रुसी सेना पूर्णरूपमा फिर्ता हुने बताएका हुन् ।