काठमाण्डाै - कोरोना सङ्क्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच भएको छलफल निष्कर्षविहीन भएको छ ।
आज बिहान शिक्षा मन्त्रालयमा छलफल भए पनि कुनै ठोस निष्कर्ष ननिस्किएको अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार छलफलमा विद्यालयलाई सुरक्षित तरिकाले चलाउने विषयमा छलफल भएको छ । छलफलमा शिक्षा मन्त्रालयसहित अभिभावक महासङ्घ, प्याब्सन, एनप्याब्सन लगायत सहभागी थिए । बैठकमा अभिभावकहरुले जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु पर्ने माग...