विद्यालय खोल्ने कि बन्द गर्ने ? सरकारी निकाय नै अलमलमा

काठमाण्डाै - बालबालिकामा समेत कोरोना सङ्क्रमण बढ्दै गएपछि विद्यालय खोल्ने कि नखोल्ने भन्नेबारे बहस भइरहेको छ । शिक्षा मन्त्रालय र निजी विद्यालय सञ्चालक विद्यालय बन्द गर्ने पक्षमा छैनन् । तर स्वास्थ्य मन्त्रालयले डेढ हप्ताअघि नै विद्यालय बन्द गर्न सिफारिस गरिसकेको छ । जात्रा, पर्व, उत्सव, मेला तथा राजनीतिक दलका सभा, सम्मेलन निर्बाध रुपमा सञ्चालन भइरहँदा विद्यालय मात्रै बन्द गर्नुपर्छ भनेर दबाब दिनेहरु पनि छन् । विद्यालय खोल्ने नि नखोल्ने भन्नेबारे बहस भइरहँदा जिम्मेवार सरकारी निकायका निर्णय भने परस्पर विरोधी र अलमलाउने खाल...