अधिकांश वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु तत्काल विद्यालय खोल्ने प्रस्तावको विपक्षमा उभिएपछि बैठकले दशैं तिहारको बिदा पछिमात्र विद्यालय सञ्चालनको निर्णय गरेको हो।...
४ असोज, काठमाडौं । धरान उपमहानगरपालिकाले तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय खोल्ने निर्णय गरेको छ । स्थानीय तहमा कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको र बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार नभएकोले वैकल्पिक सिकाइलाई नै जोड दिने र तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिए […]