काठमाडौं : नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएको छ। आइतबार साँझ बसेको उक्त समूहका सांसदहरूको बैठकले पार्टी संगठनलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन भन्दै ओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो।तर, ९ बजेसम्म ओली पक्षबाट कुनै सकारात्मक पहल नभएकाले अब राजीनामा दिनु नै आफूहरूको अन्तिम विकल्प हुने उक्त समूहका सांसदहरूले बताएका छन्।नेपाल समूहकी सांसद पवित्रा निरौला खरेलले संसदहरू संसद सचिवालय सिंहदरबा