नेपाल समूहको राष्ट्रिय भेला : ओलीले गरेका निर्णय अस्वीकार (प्रस्तावसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समूहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारदेखि ललितपुरको सानेपामा जारी नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो । भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेशनले लिएको जनताको बहुदलीय जनवादको कार्यक्रम अनुरुप अगाडी बढ्न नसकेको आरोप लगाएको छ । नेकपा एमालेको नेपाल समुहले जबजको कार्यदिशालाई बलियो रुपले कार्यान्वय गर्दै अगाडी बढ्ने निर्णय गरेको नेकपा९एमाले० का नेता योगेश भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो भेलाले नवौँ राष्ट्रिय महाधिवेशन, जुन २०७१ साल साउनमा सम्पन्न भएको थियो । त्यो नवौँ राष्ट्रिय महाधिवेशनले पास गरेको पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद त्यो जनताको बहुदलीय जनवादको मर्म, भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अगाडी बढ्ने जुन नवौँ राष्ट्रिय महाधिवेशनको कार्यदिशा हो , त्यो कार्यदिशालाई यो भेलाले फेरि एकपटक पुर्नपुष्टि गरेको छ । र हामीले के भनेका छौँ भने पार्टी अध्यक्ष कमरेड केपी ओलीले त्यो कार्यदिशालाई सहि ढंगले पक्रिन सक्नुभएको छैन । ३ वर्षको सरकार सञ्चालनको क्रममा ३ वटा नीति तथा कार्यक्रम जो संसदमा प्रस्तुत भए , बजेटहरु प्रस्तुत भए ति नीति, कार्यक्रम र बजेटले पार्टीको घोषणा पत्र र पार्टीको बहुदलीय जनवादको यो नीति जसले समाजवादी दिशामा अघि बढ्ने नीति लिएको छ । त्यो नीतिमा उहाँले राम्रो ढंगले काम गर्न सक्नुभएन त्यसैले यो भेलाले त्यो पार्टीको नवौँ महाधिवेशनको कार्यदिशालाई बलियो ढंगले समाउने र त्यसको कार्यान्वयनको निम्ति अगाडी बढ्ने ।’ यस्तो छ, १७ बुँदे प्रस्ताव १) नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनका विभिन्न मोर्चामा क्रियाशील हुँदा आफ्नो अमूल्य जीवनको आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलाल, जननेता कमरेड मदन भण्डारी र कम्युनिष्ट पार्टी नेतृत्वको पहिलो सरकारका प्रधानमन्त्री कमरेड मनमोहन अधिकारी सहितका हाम्रो पार्टीका अग्रजहरुको स्मरण गर्दै उहाँहरु प्रति यो भेला हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । २) नेकपा (एमाले) लाई विधान, विधि र ...

सम्बन्धित सामग्री

हेटौँडामा चलचित्र पत्रकारको राष्ट्रिय भेला सुरु

चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको छ। कार्यक्रममा सहभागी हुन देशभरबाट करिब २५० बढी पत्रकार र कलाकारहरु भेला भएका छन्। संस्था स्थापनाको २५ बर्ष...

राप्रपा नेपालको ‘वृहत् राष्ट्रिय भेला’ स्थगित

४ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले असोज ७ र ८ गते आयोजना हुने ‘वृहत् राष्ट्रिय भेला’ स्थगित भएको छ । मकवानपुरको हेडौंमा हुने भनिएको ‘वृहत् राष्ट्रिय भेला’ स्थगित गरिएको राप्रपा नेपालका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले विज्ञप्तीमार्फत जानकारी दिएका हुन् । स्थगित वृहत भेलाको नयाँ मिति भने तोकिएको छैन । नयाँ […]

वाइसिएलको दुई दिने राष्ट्रिय भेला आजदेखि

काठमाडौं, भदौ ३। नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दुई दिने दोस्रो राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको भेलाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने […]

वामदेव गौतमले बोलाए वाम एकता अभियानको राष्ट्रिय भेला

राष्ट्रियसभा सदस्य वामदेव गौतम नेतृत्वको एकता अभियानले राष्ट्रिय भेला बोलाएको छ ।

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला ७ फागुनमा

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला ७ फागुनमा हुने भएको छ । संगठनको बिहीबार बसेको पदाधिकारी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए । उनले राष्ट्रिय भेलाअघि बाँकी रहेका जिल्लामा...

वैद्य निकट पत्रकारको राष्ट्रिय भेला नवलपरासीमा हुने

नवलपुर– नेकपा (क्रान्तिकारी माओवादी) निकट पत्रकारको विशेष राष्ट्रिय भेला आगामी पुस ४ गते नवलपरासीमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारीको रुपमा आगमी पुस ४ गते पश्चिम नवलपरासीको बर्दघाटमा ‘बिशेष राष्ट्रिय भेला’ गर्न लागिएको क्रान्तिकारी पत्रकार महासंघका लुम्बिनी प्रदेश संयोजक रवि पाण्डेयले जानकारी दिए । फागुनमा हुने हुने राष्ट्रिय सम्मेलनलाई ध्यान दिएर राष्ट्रिय भेला आयोजना […]

वाईसिएलको राष्ट्रिय भेला सुरु, प्रचण्डले विशेष सम्बोधन गर्दै (फोटोफिचर)

काठमाडौं, १२ भदौ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला शुरू भएको छ। दुई दिन चल्ने राष्ट्रिय भेला भर्चुअलरूपमा शुरू भएको हो। वाईसीएलका प्रतिनिधिहरू हरेक प्रदेशमा भेला भएका छन्। भेलाको उद्घाटन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन्। भेलामा उद्घाटन र बन्द सत्र गरी […]

वाईसीएलको राष्ट्रिय भेला शुरू

माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला शुरू भएको छ ।  दुई दिन चल्ने राष्ट्रिय भेला भर्चुअलरूपमा शुरू भएको हो । वाईसीएलका प्रतिनिधिहरू हरेक प्रदेशमा भेला भएका छन् ।  भेलाको उद्घाटन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् ।

वाईसीएलको राष्ट्रिय भेला भर्चुअल माध्यमबाट हुने

नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलले दुई दिने राष्ट्रिय भेला गर्ने भएको छ। भेलालाई भर्चुअल माध्यमबाट सम्पन्न गर्ने बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा वाईसीएलले दिएको छ। आगामी...

वाईसीएलको राष्ट्रिय भेला भदौ १२ र १३ गते

काठमाडौं, १० भदौ । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलले भदौ १२ र १३ गते राष्ट्रिय भेला गर्ने भएको छ । आज पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर वाईसीएलले कोभिड–१९ को तेस्रो भेरियन्टको जोखिमलाई केन्द्रित गर्दै राष्ट्रिय भेला भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको हो ।  पत्रकार सम्मेनलनमा वाईसीएललाई ‘हाइटेक’ बनाउन लागिएको जानकारी दिइएको हो । राष्ट्रिय […]