पुल्चोक–गोन्द्राङ छ लेन सडकको काम वर्षाले प्रभावित

चितवन, १९ भदौ । वर्षात्का कारण पुल्चोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गअन्तर्गत छ लेन सडक निर्माणको काम प्रभावित बनेको छ । नारायणगढको मुख्य बजार क्षेत्रमा ‘ग्राभेलिङ’ गर्नुपर्ने बेलामा पानी जमेपछि काम प्रभावित बनेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार बजार क्षेत्रमा पानीका कारण काम प्रभावित भएको छ । उनले भने, “चार–पाँच दिन पानी […]

सम्बन्धित सामग्री

चितवनको पुल्चोक-गोन्द्राङ ६ लेन सडक निर्माणको काम अन्तिम चरणमा

थप २० करोड बजेट निकासा गरेर काम गरिएको उनले जानकारी दिए । सडकको केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्म कालोपत्र सकिएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले चलायो नारायणगढका घरटहरामा डोजर (फोटोफिचर)

पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो।...

चितवनको अवैध टहरामा डोजर चल्यो, ५८ वटा घरको पिल्लर भत्काउनुपर्ने

मकवानपुर- बागमती प्रदेशको चितवनस्थित नारायणगढ बजारमा अवैध संरचना हटाउन डोजर चलाइएको छ । पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो । पुल्चोक गोन्द्राङ सडक विस्तार अन्तर्गत पुल्चोकदेखि केन्द्रीय बस टर्मिनलसम्म ५८ वटा घरको पिल्लर भत्काउनु पर्ने कार्यालयका प्रमुख रमेश पौडेल...

चितवनको अवैध टहरामा डोजर चल्यो, ५८ वटा घरको पिल्लर भत्काउनुपर्ने

मकवानपुर- बागमती प्रदेशको चितवनस्थित नारायणगढ बजारमा अवैध संरचना हटाउन डोजर चलाइएको छ । पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो । पुल्चोक गोन्द्राङ सडक विस्तार अन्तर्गत पुल्चोकदेखि केन्द्रीय बस टर्मिनलसम्म ५८ वटा घरको पिल्लर भत्काउनु पर्ने कार्यालयका प्रमुख रमेश पौडेल...

प्रधानमन्त्री ओलीद्वारा चितवनमा सडक र सभागृहको शिलान्यास

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पुल्चोक-गोन्द्राङ ६ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० मा विमानस्थल अगाडि सडक स्तरोन्नतिको शिलालेख अनावरण गरी शुभारम्भ गर्नुभएको हो । पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिकाभित्र पर्ने सडकलाई ६ लेनमा विस्त...

भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्रीले शिलान्यास गर्ने

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली माघ १७ गते चितवन आउनुहुने भएको छ । भरतपुरमा दुई वटा विकास आयोजननाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली यहाँ आउन लाग्नुभएको हो । नेकपा चितवनले आइतबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको कार्यक्रमबारे जानकारी दिएको छ । पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला पार्टी कार्यालय संयोजक पार्वती रावलले भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास प्रधानमन्त्रीबाट हुने जानकारी दिनुभयो । यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुल्चोक–गोन्द्राङ छ लेन सडक विस्तारको शुभारम्भ पनि प्रधानमन्त्रीले गर्नुहुनेछ । उहाँका अनुसार यी दुई कार्यक्रम सम्बन्धित मन्त्रालयको समन्वयमा हुन लागेका हुन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिसमेत रहनुभएका रावलका अनुसार उक्त कार्यक्रमपछि भरतपुरमा जनसभाको आयोजना गरिएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा मध्याह्न १२ः१५ बजे हुने जनसभालाई प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेतो सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

स्मार्ट सिटी भरतपुर र गोन्द्राङ–पुल्चोक सडक विस्तार

स्मार्ट सहर, स्मार्ट नागरिक र स्मार्ट नेतृत्वको त्रिवेणीमा नै भोलिको स्मार्ट नेपाल र स्मार्ट सहरको निर्माण हुनेछ । पुल्चोक–गोन्द्राङ ६ लेन सडक निर्माण पुसको पहिलो हप्ताबाट प्रारम्भ भन्ने शीर्षकको चितवन पोस्टमा प्रकाशित समाचारलाई आफ्नो फेस बुक पेजमा सगर्व सेयर गर्नुभयो भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले । एकैछिनमा लौ अब भरतपुर स्मार्ट सिटी बन्यो भन्दै बधाईका […]