भिजिट भिसाको नाममा रकम ठगी गर्नेलाई कारबाही गर्न मार्सल टिम गठन गरिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णुराज लामिछानेको नेतृत्वमा मार्सल टिम गठन भएको हो।
मार्सल टिममा सीआईबीका डीएसपीको नेतृत्वमा एउटा टोली हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केही दिनअघि गृह मन्त्रालयमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, पर्यटन, परराष्ट्र र गृहसचिवसमेत सहभागी बैठकले पोखरेलको नेतृत्वमा चारै मन्त्रालयका प्रतिनिधि रहनेगरी भिजिट भिसाको समस्या समाधानका लागि योज...