श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जताततै ठगी हुँदा सरकारलाई अप्ठ्यारो भइरहेको बताएका छन् । आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रममा श्रमिकका गुनासो सुन्ने क्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारीमा ठगी धन्दा व्यापक रहेको बताए । मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजीकरण गर्दै आइरहेको बताए । मेन पावरले श्रमिकबाट विदेश पठाउँछु भनेर पैसा लगेको प्रमाण नभएका कारण कारवाही गर्न समस्या भएको बताए