शिक्षाविद् प्रा. डा. मनप्रसाद वाग्लेले शिक्षा क्षेत्रमा लगानी गरेअनुसार उपलब्धि हासिल गर्न नसकिएको बताएका छन् । प्रत्येक वर्ष शिक्षा क्षेत्रको लगानी बढ्दै गएको तर, त्यही अनुसार प्रतिफल आउन नसकेको बताएका हुन् । नागरिक शिक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै शिक्षाविद् प्रा.डा. वाग्लेले राज्यलाई तिर्ने कर पनि बढिरहेको र सोही आधारमा लगानी समेत बढिरहेको बताए । ‘हामी ट्याक्स तिर्छौ । झन्डै २ खर्ब रुपैयाँ खर्च गर्छौ । तर, हामीले त्यत्रो लगानी गरेका छौँ, त्यो अनुसार प्रतिफल कहिबाट