उपत्यकाका सार्वजनिक सवारी भाडादर अवैज्ञानिक, ठगिए यात्रु

उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले सवारी भाडा तोकिएभन्दा बढी लिएर यात्रुलाई ठगेको गुनासो बढेपछि ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र पारेको छ । राजधानीमा चल्ने छोटो दूरीका सवारीसाधनले ५ किलोमिटर यात्रामा २ र १० किमि यात्रामा ३ रुपियाँ फिर्ता नदिएको गुनासो आएपछि महानगरीय ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र पारेको हो । कात्तिक १ गतेदेखि समायोजन भएको भाडाअनुसार ५ किलोमिटर दूरीको १८ रुपियाँ र १० किलोमिटर दूरीको भाडा २३ रुपियाँ कायम गरेको थियो ।व्यवसायीक

सम्बन्धित सामग्री

पाल्पाका ग्रामीण सडकमा मनपरी भाडा

पछिल्ला दिनमा इन्धनको मूल्यवृद्धि भएको बताउँदै सार्वजनिक सवारी साधनमा मनपरी भाडा असुल्न थालिएको छ । यहाँका ग्रामीण भेगमा चल्ने सवारी साधनमा कोचाकोच यात्रु राखेर बढी भाडा असुल्ने गरिएको हो । कतिपय सडकको स्तरोन्नति भएका छन् । त्यस्ता सडकमा समेत सवारीधनीले पुरानै भाडादर असुलिरहेका छन् ।

घट्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ?

२० जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसागै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटोमा […]

सार्वजनिक गाडीको भाडा घट्यो (भाडादरसहित)

काठमाडौं, २० जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । बिहीबारदेखि लागु हुने गरि निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै यातायात व्यवस्था विभागले पनि भाडा घटाएको हो । विभागले यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । […]

सार्वजनिक सवारी साधनको भाडादर घट्यो (सूची सहित)

काठमाडौँ। सार्वजनिक सवारी साधनको भाडादर घटेको छ। यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो। नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसागै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो। यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ।

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडी भाडा पनि घट्यो, यस्तो छ पछिल्लो भाडादर !

काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटोमा सञ्चालन हुनको २.६ प्रतिशत […]

सुर्खेतमा नयाँ सवारी भाडादर तोकिदै

कार्तिक ३०, सुर्खेत । सुर्खेतमा सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरिने भएको छ । जिल्लामा सार्वजनिक यातायातका सवारी साधनले यात्रुसँग आफूखुशी भाडा असुल्न थालेपछि एकरुपता ल्याउन नयाँ वैज्ञानिक भाडा दर कायम गर्न लागिएको हो ।  जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमवार यातायात क्षेत्रलाई मर्यादित एवम् व्यवस्थित बनाउन बसेको सरोकारवालाको बैठकले जिल्लाभरी लागू हुने गरि सार्वजनिक यातायातको नयाँ भाडा दर कायम गर्न लागिएको बताएको छ ।  सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले विभिन्न समयमा सार्वजनिक यातायातका सवारी साधनले मनोमानी भाडा असुल्ने गरेको जनगुनासो आएपछि एकरुपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको जनाए ।  उनले विकृतिलाई हटाउँदै सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित एवम् मर्यादित बनाउन सबै पक्षसँग अपिल गरे । ‘कर्णाली प्रदेश राजधानी समेत रहेको सुर्खेतमा दूर्घटना न्यूनीकरणका लागि यातायात व्यवस्था कार्यालय, सार्वजनिक यातायात क्षेत्रका संघ संस्था, ट्राफिक प्रहरी एवम् सडक डिभिजन लगायत जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘असल व्यवसायको संस्कार बसाल्न मनोवृत्ति सुधार गरी यातायात क्षेत्रलाई जिम्मेवार बनाउँदै समृद्धितर्फ तपाई हामी अघि बढ्नु पर्छ ।’ उनले यातायात क्षेत्रमा रहेको विकृति र विसंगति हटाउने जिम्मेवारी सबैको उत्तिकै भएको जिकिर गरे । बैठकमा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आन्नद चपाईले तीन दिन पहिले गरिएको अनुगमनका क्रममा अधिकांश सार्वजनिक सवारी साधनले मनमानी भाडा असुलेको, सीट क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको, सवारी साधनमा आफूखुशी संरचना बनाएको, सवारी साधनको आवश्यक कागजात साथमा नराख्ने गरेको, रुटपरमिट नभएका सवारी साधनले समेत सवारी बोकेको, सवारी साधन दुरुस्त नराखेको लगायतका समस्या पाईएको जानकारी दिए । उनले दुई दिने अनुगमनका क्रममा ५०० सवारी साधनलाई चेकजाँच गर्दा ४९ ओटा सवारी साधनलाई बाध्य भएर न्यून कारवाही गरि ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको बताए ।  त्यस्तै, जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले सार्वजनिक सवारी साधनहरुमा नियम कानून कार्यान्वयन तुलनात्मक रुपले सुधारोन्नमुख रहेपनि अझै पर्याप्त हुन नसकेको जिकिर गरे । उनले ट्राफिक नियम कार्यान्वयनका लागि यातायात क्षेत्रका संघसंस्था, सवारी चालक तथा कर्मचारी समेत जिम्मेवार बन्न आवश्यक रहेको औल्याए ।  बैठकमा विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई सार्वजनिक यातायातमा नियम अनुसार छूट दिनुपर्ने माग अधिकारकर्मीहरुले राखेका थिए । यता सार्वजनिक यातायात क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरुले भने कोरोना कालमा यातायात क्षेत्र बढी धरासायी बनेकाले अझैपनि व्यवसाय माथि उकस्न नसक्दा विभिन्न समस्याहरु झेल्नु परिरहेको प्रति राज्यको पनि यातायात व्यवसाय तर्फ ध्यान पुग्न आवश्यक रहेको औल्याए ।  उनीहरुले अहिलेपनि ट्राफिकलाई विभिन्न बहानामा घुस खुवाउनु पर्ने बाध्यता कायमै रहेको बताए । सडकमा रातो प्लेटका सवारी साधनले आफूखुशी यात्रु ओसारपसार गर्दा सार्वजनिक सवारी साधनलाई ठूलो नोक्सानी उठाउनु परिरहेकाले त्यतातीर समेत ध्यान दिन प्रशासनसँग उनीहरुले आग्रह गरे ।  बैठकमा केही यातायात व्यवसायी प्रतिनिधिहरुले अनावश्यक रुपमा यातायात व्यवस्था कार्यालयले लिने संगीत कर खारेज गर्न समेत माग राखेका थिए ।

उपत्यकाका सार्वजनिक सवारी भाडादर अवैज्ञानिक, ठगिए यात्रु

काठमाडौं, कात्तिक ११। उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले सवारी भाडा तोकिएभन्दा बढी लिएर यात्रुलाई ठगेको गुनासो बढेपछि ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र पारेको छ । राजधानीमा चल्ने छोटो दूरीका सवारीसाधनले ५ किलोमिटर यात्रामा २ र १० किमि यात्रामा ३ रुपियाँ फिर्ता नदिएको गुनासो आएपछि महानगरीय ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र […]

सार्वजनिक यातायातमा पुरानै भाडा

सरकारले सार्वजनिक सवारीमा पुरानै भाडादर कायम गर्न निर्देशन दिएको छ । सरकारी निर्णयअनुसार अब छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधनले यात्रुसँग पुरानै भाडा लिनुपर्नेछ । यसअघि डेढ गुणासम्म भाडा लिनसक्ने सुविधा दिइए पनि सिट क्षमताअनुसार यात्रु राख्न पाउने व्यवस्था गरिएपछि भाडादर घटाइएको हो ।सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना […]

सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर(फेस सिल) को प्रयोग अनिवार्य गरेको छ । विभागले आज सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि छोटो, मध्यम र लामो गरी सबै दूरीका सवारी साधनमा यस्तो व्यवस्था गरिएको जनाएको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिका तथा मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । विभागले सवारीसाधनमा साविक भाडादर कायम गरिएको पनि बताएको छ । मन्त्रिपरिषद्को गत २६ गतेको निर्णयानुसार सिट क्षमताअनुसार यात्रु राख्न पाउने व्यवस्थाका कारण सवारीसाधनले बढी भाडा लिन नपाउने भएका छन् । सरकारले गत महिना सिट क्षमताभन्दा आधा यात्रु राख्नुपर्ने र तोकिएकोभन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको विभागका सूचना अधिकारी डा लोकनाथ भुसालले बताउनुभयो ।