पछिल्लो आर्थिक परिदृश्यलाई लिएर पूर्व अर्थमन्त्रीहरु छलफलमा जुटेका छन् । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) को आयोजनामा पूर्व अर्थमन्त्री डा.रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र डा.प्रकाशचन्द्र लोहनीसहितको फोरम वर्तमान मुलुकको आर्थिक समस्या र समाधानको विषयमा केन्द्रीत हुँदै छलफलमा जुटेको हो ।पूर्वअर्थमन्त्री फोरमको बैठकमा देशको वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यालगायत आगामी बजेट तथा समसामयिक विषयहरुमा बैठक केन्द्रित रहेको फोरमको सदस्य सचिव