पर्यटकीयस्थल बराहपोखरीमा ल्याइएका डुंगा अलपत्र

नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको खोटाङको बराहपोखरीमा तीन वर्षअघि डुंगा परीक्षण हुँदा पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा स्थानीय आशावादी थिए। तर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा सञ्चालनका ल्याइ...

सम्बन्धित सामग्री

कोरोना हुँदा पनि पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

माघ १५, पाल्पा । कोरोनाको संक्रमण कायम रहँदा पनि तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको संख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करीब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अहिले दैनिक ४०० हाराहारी मानिसहरु आउने गरेको डुंगा चालक भगवान देवकोटा बताउँछन् । उनी भन्छन्, ‘माघे संक्रान्ति पश्चात् मानिसहरु दिनहुँ बढेका छन्, हामीलाई पनि डुंगा चलाउने काम पुगेकै छ, जाडोको समय भएकाले दिउँसो घाम ताप्दै ताल वरपर घुम्नेहरु धेरै आउने गर्नुहुन्छ’ ।   ताल वरपर डुंगामा घुम्न प्रतिव्यक्ति रू. ५० शुल्क लाग्छ । यहाँ हाल काठका दुईसहित तीन ओटा डुंगा प्रयोगमा ल्याइएको छ । विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुंगा सयर गर्दै सेल्फीमा रमाउँने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ । १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचिकृत पर्यटकीयस्थल तालपोखरामा हालसालै विभिन्न पूर्वाधार स्तरोन्नतिका कामहरु सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ ।  कोरोना कहरमा केही समय बन्द गरिएपनि अहिले भने नियमित रुपमा डुंगा चलिरहेको छ । डुंगा सयर गर्न विभिन्न ठाउँबाट मानिसहरु तालपोखरा आउने गरेको तालपोखरा संरक्षण समितिका सदस्य जनक भण्डारी बताउँछन् । मानिसको चहलपहल बढ्दै गएपछि हाँसको आकार भएको आठ जना बस्न मिल्ने छानोसहित फाइवरको डुंगा एउटा र २३ फिटको छानासहित काठको एउटा डुंगा तयारी रहेको उनले बताए ।  अहिले मिनी फेवातालका रुपमा परिचित बनेको छ, ‘तालपोखरा । पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्यहरु भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको स्थानीय प्रदिप पाण्डेयले बताए ।  प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको बताउँछन् तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा । ‘एक दशकदेखि तल्लिन भएर तालपोखराको स्तरोन्नतिमा समितिले भौतिक पूर्वाधारका कामहरु गरिरहेको छ, काम गर्ने मनसाय भयो भने बजेट पनि विभिन्न ठाउँबाट उपलब्ध हुने रहेछ’, अध्यक्ष देवकोटाले भने । अध्यक्ष देवकोटाका अनुसार हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा रू. तीन करोड ५० लाख बढी रकम खर्च भइसकेको छ  । फेवातालको झल्कोस्वरुप तालको बीचमा मन्दिर निर्माण गरिएको छ । यहाँ २०७४ माघ २४ गतेदेखि डुंगा सञ्चालन शुरु गरियो । नियमित दुई ओटा डुंगा सञ्चालन हुँदै आएकोमा कोरोनाको कहर शुरु भएपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डुंगा सञ्चालन बन्द गरिएकोमा गत असोजबाट भने नियमित छ ।  करीब ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । ताल वरिपरि घेराबार, प्रवेशद्वार, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ । यसको नाममा पोखरी र पार्क समेत छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज हुन्छ । ताल र पार्कसहित करीब ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा छ । वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रुपमा परिणत गरिएको हो । रासस

कुपिण्डे तालमा डुंगा दुर्घटना, यात्रुको सकुशल उद्धार

जिल्लाको प्रमुख पर्यटकीयस्थल कुपिण्डे तालमा बुधबार दिउँसो १ बजेतिर डुंगा दुर्घटना भएको छ । किनारबाट करिब २ सय मिटर पर पुगेपछि पुरानो सात जना आन्तरिक पर्यटक सवार डुंगाको तल्नो भागको काठ उप्किएपछि पानी भरिँदा दुर्घटनामा भएको हो ।

किचकबधको डुंगा सेवा पाँचवर्षदेखि ठप्प !

भद्रपुर (झापा) : पूर्वको धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल किचकबधमा लगानी गरिएको सरकारी बजेट खेर गएको छ। महाभारतकालीन इतिहास बोकेको किचकबधमा आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने उद्देश्यले सञ्चालन ल्याएको डुंगा सेवा बन्द भएको छ। १९ लाख रुपैयाँ खर्चिएर निर्माण गरिएको पोखरीसहितको डुंगा सेवाको बजेट बालुवामा...

​बराहपोखरीमा डुंगा सञ्चालन

खोटाङ, फागुन १२– खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । बराहपोखरी गाउँपालिका–१, मा रहेको बराहपोखरीमा प...