कोरोना हुँदा पनि पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

माघ १५, पाल्पा । कोरोनाको संक्रमण कायम रहँदा पनि तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको संख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करीब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अहिले दैनिक ४०० हाराहारी मानिसहरु आउने गरेको डुंगा चालक भगवान देवकोटा बताउँछन् । उनी भन्छन्, ‘माघे संक्रान्ति पश्चात् मानिसहरु दिनहुँ बढेका छन्, हामीलाई पनि डुंगा चलाउने काम पुगेकै छ, जाडोको समय भएकाले दिउँसो घाम ताप्दै ताल वरपर घुम्नेहरु धेरै आउने गर्नुहुन्छ’ ।   ताल वरपर डुंगामा घुम्न प्रतिव्यक्ति रू. ५० शुल्क लाग्छ । यहाँ हाल काठका दुईसहित तीन ओटा डुंगा प्रयोगमा ल्याइएको छ । विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुंगा सयर गर्दै सेल्फीमा रमाउँने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ । १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचिकृत पर्यटकीयस्थल तालपोखरामा हालसालै विभिन्न पूर्वाधार स्तरोन्नतिका कामहरु सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ ।  कोरोना कहरमा केही समय बन्द गरिएपनि अहिले भने नियमित रुपमा डुंगा चलिरहेको छ । डुंगा सयर गर्न विभिन्न ठाउँबाट मानिसहरु तालपोखरा आउने गरेको तालपोखरा संरक्षण समितिका सदस्य जनक भण्डारी बताउँछन् । मानिसको चहलपहल बढ्दै गएपछि हाँसको आकार भएको आठ जना बस्न मिल्ने छानोसहित फाइवरको डुंगा एउटा र २३ फिटको छानासहित काठको एउटा डुंगा तयारी रहेको उनले बताए ।  अहिले मिनी फेवातालका रुपमा परिचित बनेको छ, ‘तालपोखरा । पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्यहरु भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको स्थानीय प्रदिप पाण्डेयले बताए ।  प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको बताउँछन् तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा । ‘एक दशकदेखि तल्लिन भएर तालपोखराको स्तरोन्नतिमा समितिले भौतिक पूर्वाधारका कामहरु गरिरहेको छ, काम गर्ने मनसाय भयो भने बजेट पनि विभिन्न ठाउँबाट उपलब्ध हुने रहेछ’, अध्यक्ष देवकोटाले भने । अध्यक्ष देवकोटाका अनुसार हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा रू. तीन करोड ५० लाख बढी रकम खर्च भइसकेको छ  । फेवातालको झल्कोस्वरुप तालको बीचमा मन्दिर निर्माण गरिएको छ । यहाँ २०७४ माघ २४ गतेदेखि डुंगा सञ्चालन शुरु गरियो । नियमित दुई ओटा डुंगा सञ्चालन हुँदै आएकोमा कोरोनाको कहर शुरु भएपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डुंगा सञ्चालन बन्द गरिएकोमा गत असोजबाट भने नियमित छ ।  करीब ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । ताल वरिपरि घेराबार, प्रवेशद्वार, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ । यसको नाममा पोखरी र पार्क समेत छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज हुन्छ । ताल र पार्कसहित करीब ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा छ । वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रुपमा परिणत गरिएको हो । रासस

सम्बन्धित सामग्री

एक सय ३२ प्रतिशतले बढे पर्यटक

– सिबी अधिकारी/ सन् २०२३ को चार महिनामा विदेशी पर्यटक आगमन एक सय ३२ दशमलव ६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म एक लाख ४० हजार तीन सय ३६ पर्यटक आएकामा यस वर्षको सोही अवधिमा तीन लाख २६ हजार पाँच सय २७ पर्यटक आएका छन् । कोरोना महामारीपूर्व सन् २०१९ को समीक्षा […]

रसुवागढीबाट भित्रन थाले पर्यटक

५ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारीपछि बन्द भएको नाका पूर्ण रुपमा सुचारु भएसँगै चीनबाट स्थलमार्ग हुँदै पर्यटक भित्रन थालेका छन् । अध्यागमन विभागका अनुसार रसुवागढी नाकाबाट पर्यटक भित्रन थालेका छन् । विभागको तथ्यांक अनुसार सोमबार रसुवागढी नाका हुँदै १७ जना चिनियाँ नागरिक नेपाल आएका छन् । जसमा ३ जना महिला छन् । यो नाकाबाट […]

महामारीयताकै सर्वाधिक पर्यटक

काठमाडौं, चैत २० । सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्चमा सन् २०२० मा सुरु भएको कोरोना महामारीयताकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका हुन्। सन् २०२२ को यही महिनामा ४२ हजार छ जना पर्यटक आएका थिए भने सन् २०२१ को मार्चमा १५ हजार २५४ […]

बौद्धनाथ क्षेत्रमा बढ्न थाले बाह्य पर्यटक

आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रमा दक्षिण एसियाली देशका एक हजार पाँच सय ४४ र अन्य देशका एक हजार दुई सय ५६ पर्यटक आएका थिए। कोरोना महामारीका कारण त्यस आर्थिक वर्षमा पर्यटक कम आएका थिए। धेरै समय बन्दाबन्दी (लकडाउन) गरिएकाले कम पर्यटक आएका हुन्।...

दुई दिनमा १०७ पर्यटक हुम्लामा

– दाने बोहराजिल्लामा पर्यटक घुम्न आउने मौसम सुरु भएसँगै कोरोना त्रासका बीच पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गरेर स्वदेशी तथा विदेशी पर्यटक हुम्ला आउन थालेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएपछि पर्यटक भित्रिने क्रम बढेको छ । लिमीको लाप्चाबाटै मानसरोवरको दर्शन गर्न दुई दिनको अवधिमा १०७ जना विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी पर्यटक जिल्ला पुगेको सिमकोट विमानस्थलले जनाएको छ ।दुई वर्षदेखि चीनले आफ्नो सीमासँग जोडिएको हिल्सा नाका कोरोना सङ्

कोरोना सङ्क्रमणले आधा घटे पर्यटक

कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी आएको हो ।चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एवं विदेशी पर्यटक जङ्गल सफारीका लागि घुम्न आउने गर्दछन् । निकुञ्ज कार्यालयले दिएको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा ९२ हजार २०९ पर्यटकले जङ्गल सफारी गरेका छन् । अघिल्लो आव २०७६/०७७ मा यो सङ्ख्या एक लाख ८२ हजार ४३५ रहेको छ । निकुञ्जभित्र र बाहिर सामुदायिक वनमा टिकट काटेर पर्यटकीय गतिविधिमा रमाउने पर्यटकको सङ्ख्या निकुञ्जले राख्ने गर्

कोरोना संक्रमणपछि मनाङमा विदेशी पर्यटक अलपत्र

नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरू हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राका, मनाङ टङ्की मनाङ, हुम्डे र पिसाङलगायतका गाउँहरूमा बसोबास गर्दै आएको बताइएको छ । स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरू त्यहीँ रहनु …

मनाङमा विदेशी पर्यटक अलपत्र

मनाङ। नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । मनाङ आएका पर्यटक हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार,भ्राताङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ। स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यही रहनु परेको बताए। वैशाख महिनामा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक मनाङ भित्रिएका थिए।रासस

मनाङमा विदेशी पर्यटक अलपत्र

मनाङ। नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । मनाङ आएका पर्यटक हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार,भ्राताङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ। स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यही रहनु परेको बताए। वैशाख महिनामा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक मनाङ भित्रिएका थिए।रासस

कोरोना कहर : विदेशी पर्यटक अलपत्र

मनाङ / नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् ।  वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल