एजेन्सी। भारतमा यो महिना पछिल्लो नौ महिना यताकै न्यून जीएसटी संकलन गरेको भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार नौ महिना यता पहिलो पटक एक लाख करोड भारतीय रुपैयाँभन्दा न्यून जीएसटी संकलन भएको छ। मे महिनामा एक लाख करोड रुपैयाँ संकलन भएकोमा जून महिनामा ९२ हजार ८४९ करोड भारु जीएसटी संकलन भएको बताइएको छ।