मकवानपुर । मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा थप हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बुधबार बसेको बैठकको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिले जारी निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । गत बैशाख १९ गते राति १२ बजेदेखि मकवानपुरमा निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो समय मकवानपुरमा कोरोनाको संक्रमण दर र मृत्यु दरलाई कम गर्न निषेधाज्ञालाई थप कडा बनाइने भएको छ । त्यस्तै बैठकले मर्निङ तथा इभनिङ्ग वाकमा पनि रोक लगाएको छ । कुनै पनि बहानाम