इजलासमा फर्किएर नियमित मुद्दा हेरिरहेका ५ न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने मागमा आफूहरूको पनि सहमति रहको प्रस्ट्याएका छन् ।
नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको भेटमा न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, डा. कुमार चुडाल र मनोज कुमार शर्माले यस सबालमा बाँकी न्यायाधीशहरूसँग समेत एकमत रहेको बताए ।
'भेटवार्तामा पाँचैजना न्यायाधीशले प्रधानन्यायाधीशको राजीनामा माग्ने बारको मागप्रति सहमति जनाउँदै बाँकी न्यायाधीशहरूसँग पनि आफूहरूको एकमत रहेको बताउनुभयो...