पर्सा : वीरगंज महानगरपालिकाको महानगर प्रमुखमा पत्रकार गिरीश गिरीले उम्मेदवारी दर्ता गराएका छन्।उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन्। बाबु बाजेको राजनीतिक समर्पण, भिजन र अधुरा कामहरु पूरा गर्न आफू वीरगञ्ज महानगरपालिकाको नेतृत्व गर्न उम्मेदवारी दिएको पत्रकार गिरीले बताए।गिरीका बुबा स्व. गोपाल गिरीलाई चन्दा माग गर्दा नदिएपछि २०६० सालमा तत्कालीन नेकपा माओवादीले हत्या गरेको थियो। गोपाल गिरी सो समयमा वीरगन्ज महानगरपालिकाको प्रमुख थिए।