हुम्ला : जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम वृद्धिसँगै डेंगुका बिरामी फेला परेका छन्। विशेषगरी तराई र भित्री मधेसका जिल्लामा हुने डेंगु संक्रमण जलवायुमा आएको फेरबदलका कारण हिमाली भेगमा पनि फैलिएको विशेषज्ञहरूको भनाई छ। सुर्खेतस्थित प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यस वर्ष हालसम्म कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पामा डेंगुका ४० जना बिरामी फेला परेका छन्।डेंगु एडिस एजिप्टी जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा संक्रमण हुने गर्दछ। निर्देशनालयका डेंगु नि