प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्तिको नक्कली कुरा गर्नेहरूले आफूले एक विदेशी टेलिभिजनलाई दिएको अन्तर्वार्तालाई लिएर राष्ट्रवादको बबण्डर मच्चाएको आरोप लगाएका छन् । राष्ट्रियता र देशभक्ति बिकाउ वस्तु हुन नसक्ने उनको भनाइ थियो ।
नेकपा समर्थित पत्रकारहरूको संस्था प्रेस संगठन नेपालको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले आफूले भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदा राष्ट्रवादको बबण्डर गरेर बहकिनुपर्ने अवस्था नरहेको बताए ।
‘मैले अस्ती एउटा विदेशी टेलिभिजनलाई अन्तर्वार्ता दिएँ, त्यो पत्रकारले आफ्नो देशमा गएर सगर...