कर्णाली प्रदेश सरकारलाई भू–उपयोग नीति हस्तान्तरण गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) का सहायक आवासीय प्रतिनिधि विजय सिंहले उक्त नीति, योजना तथा निर्देशिका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरिप्रसाद घिमिरेलाई मङ्गलबार हस्तान्तरण गर्नुभएको हो । भू–उपयोग नीति, योजना तथा निर्देशिकाका बारेमा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले सङ्क्षिप्त जानकारी दिनुभयो ।