रुसले युक्रेनमा आक्रमण गरेको ५ सय दिन पूरा भएको छ । आफ्नो देशमा आक्रमण भएको ५ सय दिन पुगेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की स्नेक टापु पुगेका छन् ।
काठमाडौं । युक्रेन युद्धको क्रममा रुसले १५ हजार भन्दा बढी युद्ध अपराध गरेको युक्रेनले आरोप लगाएको छ । दैनिक २ सयदेखि ३ सयसम्म युद्ध अपराध थपिने गरेको युक्रेनले दावी गरेकाे छ । विभिन्न देशका अभियोजनकर्ताहरूले गरेको अध्ययन अनुसन्धानका क्रममा संदिग्ध अपराधीहरूको सूचीमा रुसी सेना, राजनीतीज्ञहरू समावेश भएको पाइएको छ । रुसले भने युद्ध अपराधमा आफ्नो […]
रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रका ४० भन्दाबढी शहरमा गोली प्रहार गरी झण्डै एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ भने युक्रेनीलाई घेरा हालेर युद्ध गरिरहेको अधिकारीले बताएका छन् । तीन महिना लामो युद्धमा राजधानी किएभ र दोस्रो शहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले पृथकतावादीको तर्फबाट डोनबासको पूर्ण नियन्त्रण खोस्ने प्रयास गरिरहेको छ । डोनबासका औद्योगिक क्षेत्र लुहान्स्क र डोनेट्स्क प्रान्त यसमा पर्छन् ।रुसले सिभिएरोडोनेत्स्क र लिसिचान्स्क शहरमा रहेका युक्रेनी सेनालाई घेरा हाल्ने प्रयासमा ती
युक्रेनको राजधानी किभ नजिकै आइपुगेका रुसी सेना युक्रेनी सैनिकको सशक्त प्रतिकारपछि पछि हट्न बाध्य भएका छन् । किभलाई घेरा हालेर आक्रमणको केही घण्टामै राजधानी प्रवेश गर्ने र राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको सरकार अपदस्थ गर्ने रणनीतिसाथ राजधानी नजिकै पुगेका सेना युक्रेनीको लगातारको एक महिना लामो प्रतिकारपछि पछि हट्न बाध्य भएका छन् । किभ नजिकैका सबै रणनीतिक क्षेत्रहरूमा […]
युक्रेनमा रुसी सेना प्रवेश गरेको पाँचौं दिनमा दुई देशका प्रतिनिधिमण्डलले युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ता गर्ने भएका छन्। युक्रेनी राष्ट्रपतिको कार्यालयले वार्ताअघि तत्काल तुरुन्त युद्धविराम र रुसी सेना फिर्ता गर्न चाहेको बताएको छ। यसैबीच, रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले मस्कोले दुवै पक्षको हितमा भएको सम्झौतामा पुग्न चाहेको बताए। वार्ताअघि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी सेनालाई आफ्नो […]
काठमाडौँ- रुसी सैनिक युक्रेनको पूर्वी शहर खार्किब प्रवेश गरेका छन् । युक्रेनमा आक्रमण गर्न थालेको झण्डै ७२ घण्टापछि बल्ल रुसी सेना खार्किब प्रवेश गरेका हुन् । खार्किब शहर रुसी सीमाबाट केबल ४० किलोमिटरको दुरीमा छ । युक्रेनमा आक्रमण थालेको दिन देखि नै रुसी सेना खार्किब प्रवेश गर्न खाजिरहेको भएपनि युक्रेनी सेना र सशस्त्र ‘भूमि रक्षा […]
काठमाडौँ– रुसी सेना युक्रेनको राजधानी कीभमाथि नियन्त्रणमा लिन भिडन्त जारी राखेका छन्। हिजोबाट सैन्य कारवाही थालेका रुसी सैनिकहरू राजधानी कीभलाई कब्जा गर्न युक्रेनी सैनिकहरूसँग युद्ध जारी राखेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार युक्रेनको राजधानी कीभमा रुसी सेना र युक्रेनी सैनिकहरूबीच भीषण भिडन्त भइरहेको छ। रुसी सेना ट्याङ्कसहित युक्रेनको राजधानी कीभभित्रै पुगेपछि ठूलाठूला विस्फोटनको आवाज […]
एजेन्सी। क्रिमियामा युद्ध अभ्यास सम्पन्न गरेको रुसी सेना तीव्र गतिमा आफ्नो ब्यारेक फर्किन थालेको छ। यसपछि युक्रेनको सीमामा चल्दै आएको संघर्ष सामान्य बन्न थालेको छ। रुसी रक्षा मन्त्रालयले क्रिमियाबाट सेना फिर्ता आइरहेको भिडियो सार्वजनिक गरेको हो। रुसी रक्षामन्त्री सेर्गेई सोइगुले क्रिमिया र पश्चिमी रुसमा जारी युद्धाभ्यास अन्त्य गर्ने घोषणासमेत गरेका छन्। उनले आफ्ना सेनालाई ब्यारेक फर्कन निर्देशन दिएका थिए।