६ अर्बभन्दा बढी बीमाशुल्क आर्जन गरेको राष्ट्रिय बीमा संस्थानको नाफा ३ करोडभन्दा बढी

फागुन १, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म राष्ट्रिय बीमा संस्थानले रू. ६ अर्ब ४ करोड ६९ लाखभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन रू. ५ अर्ब ६८ करोड २५ लाखभन्दा बढी थियो । यस वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन रकम ६ दशमलव ४१ प्रतिशत बढी भएको हो । खुद दाबी भुक्तानी रकम कम्पनीको ३९ दशमलव ४३ प्रतिशत वृद्धि भएको छ ।  गत वर्ष रू. १ अर्ब ४४ करोडभन्दा बढी खुद दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. २ अर्ब १ करोडभन्दा बढी खुद दाबी भुक्तानी गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीले रू. ३ करोडभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीले १२ दशमलव १४ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ६७ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  कम्पनीले यस वर्ष १५ दशमलव ७३ प्रतिशत बढी रू. ४ करोड ४६ लाख आम्दानी गरेको छ भने २३ दशमलव ९० प्रतिशत बढी रू. १ करोड ४६ लाख खर्च गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १८ करोड १० लाख २० हजार छ । कम्पनीले बीमा समितिले तोके बमोजिमको रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ र हकप्रद शेयर निष्कासन सहितको योजना अघि सारेको छ ।  हालसम्म कम्पनीको उक्त योजना भने अन्योल रहेको छ । यसवर्ष कम्पनीको जगेडा कोष रकम २४ दशमलव शून्य ५ प्रतिशत वृद्धि भई रू. ३८ करोड ७८ लाखभन्दा बढी कायम भएको छ ।  जीवन बीमा कोष रकम गत वर्षभन्दा २० दशमलव २५ प्रतिशत बढेर रू. ३८ अर्ब १४ करोड ४४ लाख पुगेको छ ।

सम्बन्धित सामग्री

जीवन बीमा व्यवसाय : वैशाखमा चालू आवकै सबैभन्दा थोरै बीमा शुल्क आर्जन

काठमाडौं । वैशाखमा जीवन बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्क चालू आवकै सबैभन्दा कम रहेको छ । १० महीनाको अवधिमा असोजमा बाहेक हरेक महीना कम्तिमा १० अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका कम्पनीहरूले वैशाखमा भने ९ अर्ब ३७ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् । यो बीमा शुल्क पछिल्लो १० महीना यताकै सबैभन्दा कम हो । कम्पनीहरूले चैतमा ११ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका कम्पनीले फागुनमा १० अर्ब ३३ करोड, माघमा ११ अर्ब ७३ करोड, पुसमा १२ अर्ब १३ करोड र मंसिरमा १३ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । त्यस्तै कात्तिकमा १० अर्ब २३ करोड, असोजमा ९ अर्ब ७३ करो८, भदौमा १० अर्ब ९० करोड र साउनमा १५ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । साउनमा आर्जन गरेको बीमा शुल्क नै चालू आवको सबैभन्दा धेरै बीमा शुल्क हो । साउन पछि मंसिरमा आर्जन गरेको बीमा शुल्क चालू आवकै दोस्रो धेरै हो । किन घट्यो बीमा शुल्क आर्जन ? देशमा देखिएको आर्थिक सुस्तीको असर बीमा व्यवसायमा परेको बीमा कम्पनीहरूको भनाइ छ । आर्थिक मन्दीमा पहिलो आवश्यक्ता परिवारको आवश्यक्ता र त्यसपछि मात्रै अन्य कुरा पर्दा बीमा व्यवसाय निकै खुम्चिएको कम्पनीकोहरू दाबी छ । नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (CEO) सुरेश खत्री आर्थिक मन्दीकै कारण बीमा व्यवसाय खस्किएको बताउँछन् । 'बीमितहरूले बीमा पोलीसी नविकरण गर्न अहिले नसकिने बताइरहेका छन् । उनीहरूको पहिलो आवश्यक्ता परिवारको छाक टार्ने भएको छ।' खत्रीले भने, 'जीवन बीमा भनेको फोर्स सेभिङ हो, मन्दीको बेला यो प्राथमिकतामा परेको छैन ।' 'सहकारीको व्यवसाय राम्रो भएको बेलामा व्यवसायिक अभिकर्ताले सहकारी मार्फत बीमितको पोलीसी नविकरण गरिदिन्थे । अहिले सहकारीहरू पनि समस्यामा परेपछि अन्य विकल्पबाट नविकरण सम्भव भएन । त्यसैले बीमा व्यवसाय यो वर्षकै न्युत स्तरमा आएको हो ।' उनले भने । अहिले नयाँ पोलीसीको विक्री पनि घटेको र नविकरण पनि ठप्पै भएको कम्पनीहरूको भनाइ छ ।  महीना प्रथम बीमा शुल्क (रु लाखमा) नवीकरण बीमा शुल्क (रु लाखमा) बीमा शुल्क (रु लाखमा) साउन 22,033.45 128,540.40 150,573.86 भदौ 26,124.99 83,734.80 109,859.79 असोज 22,796.96 74,537.96 97,334.93 कात्तिक 20,217.15 82,129.66 102,346.81 मंसिर 21,536.38 113,510.41 135,046.79 पुस 29,070.30 92,288.07 121,358.37 माघ 22,792.46 94,601.25 117,393.71 फागुन  20,673.03 82,665.25 103,338.27 चैत 24,808.16 85,287.54 110,095.70 वैशाख 23,225.91 70,523.31 93,749.22                                                                                         स्रोत: नेपाल बीमा प्राधिकरण बीमा शुल्क घट्दा पनि बीमा संस्थान र सानीमा रिलायन्सको बीमा शुल्क बढ्यो चालू आर्थिक वर्षको चैत महीनाको तुलनामा वैशाख महीनामा राष्ट्रिय बीमा संस्थान र सानीमा रिलायन्सको व्यवासायमा मात्रै सुधार आएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको वैशाख महीनामा जीवन बीमा कम्पनीहरुले ९ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।  कम्पनीहरुले चैत महीनामा भने ११ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । चैत महीनाको तुलनामा वैशाखमा कम्पनीहरूको बीमा शुल्क १४ दशमलव ८५ प्रतिशतले घटेको छ ।  सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको चैत महीनाको तुलनामा वैशाखमा बीमा शुल्क ३१ दशमलव ६० प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चैत महीनामा ३६ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको संस्थानले वैशाखमा ४७ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।  त्यस्तै सानीमा रिलायन्सको चैत महीनाको तुलनामा वैशाखमा बीमा शुल्क ३७ दशमलव ७१ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चैत महीनामा २४ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको संस्थानले वैशाखमा ३४ करोड ०५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अन्य बीमा कम्पनीहरुको अवस्था के छ? बीमा कम्पनी चैत महीनाको बीमा शुल्क (रु लाखमा) वैशाख महीनाको बीमा शुल्क (रु लाखमा) फरक प्रतिशत राष्ट्रिय बीमा संस्थान 3634.54 4,783.09 31.60 नेशनल लाइफ इन्स्योरेन्स 11523.53 10,216.80 -11.34 नेपाल लाइफ इन्स्योरेन्स 28825.42 23,920.03 -17.02 लाइफ इन्स्योरेन्स कपोरेशन  14472.88 12,434.42 -14.08 मेट लाइफ 4862.5 3,973.08 -18.29 एशियन लाइफ इन्स्योरेन्स  6021.08 4,946.10 -17.85 गुरास लाइफ इन्स्योरेन्स* 2551.01 1,493.44 -41.46 प्राइम लाइफ इन्स्योरेन्स* 3762.42 1,865.62 -50.41 आइएमई लाइफ इन्स्योरेन्स 3638.44 2,794.56 -23.19 युनियन लाइफ इन्स्योरेन्स* 5777.86 4,744.84 -17.88 सन नेपाल लाइफ इन्स्योरेन्स 2901.21 2,635.70 -9.15 रिलायन्स लाइफ इन्स्योरेन्स* 499     रिलायबल नेपाल इन्स्योरेन्स 3838.25 2,639.83 -31.22 सिटिजन्स लाइफ इन्स्योरेन्स 4451.17 4,024.39 -9.59 सानीमा लाइफ इन्स्योरेन्स* 443.99     प्रभु लाइफ इन्स्योरेन्स 1547.58 1,364.69 -11.82 महालक्ष्मी लाइफ इन्स्योरेन्स 1679.62 1,266.56 -24.59 सुर्य ज्योती लाइफ इन्स्योरेन्स 7192.46 5,729.13 -20.35 सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स* २४७२.७५ 3,405.22 37.71 हिमालन लाइफ इन्स्योरेन्स*   1,511.73   जम्मा 110095.71 93,749.23 -14.85 स्रोत: नेपाल बीमा प्राधिकरण *सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर अघि चैत ८ गते सम्म छुट्टाछुट्टै र मर्जर पछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट व्यवसाय शुरु गरेको।  *गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले मर्जर अघि वैशाख २८ गते सम्म छुट्टाछुट्टै र मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट व्यवसाय शुरू गरेको ।

सार्वजनिक संस्थानको सञ्चालन आय ९.०३ प्रतिशतले घट्यो

काठमाडौं । सार्वजनिक संस्थानहरूमा सरकारको ऋण र शेयरमार्फत हुने लगानी निरन्तर बढ्दो क्रममा देखिए पनि सञ्चालन आय भने ९ दशमलव शून्य ३ प्रतिशतले घटेको छ । संस्थानहरूले वस्तु तथा सेवा विक्रीबाट प्राप्त गर्ने रकममा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा उक्त प्रतिशतले कमी आई सञ्चालन आय रू. ४ खर्ब २८ अर्ब ७१ करोड ३४ लाखमा खुम्चिएको हो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा सार्वजनिक संस्थानहरूको सञ्चालन आय ४ खर्ब ७१ अर्ब २४ करोड ४६ लाख रुपैयाँ थियो । सार्वजनिक संस्थानको उद्देश्यअनुसार सेवा तथा वस्तु विक्रीबाट प्राप्त भएको रकमलाई सञ्चालन आयमा गणना गरिन्छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि लामो समयसम्म गरिएको बन्दाबन्दीका कारण व्यावसायिक क्रियाकलाप न्यून हुँदा सञ्चालन आय कमी भएको उल्लेख गरिएको छ । यद्यपि यो अवधिमा तीनओटा संस्थानहरूको सञ्चालन आयमा योगदान बढेको छ । नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिको सञ्चालन आय क्रमशः २ खर्ब ५ अर्ब, ६८ अर्ब ४४ करोड र ३४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । औद्योगिक क्षेत्रको सञ्चालन आय ६ अर्ब ५ करोड छ । अर्थ मन्त्रालयले शनिवार सार्वजनिक गरेको ‘नेपालमा सार्वजनिक संस्थानहरूको हालको अवस्था (पहेँलो बुक)’ अनुसार गत आर्थिक वर्षमा सामाजिक क्षेत्रबाहेक सबै संस्थान क्षेत्रको सञ्चालन आय घटेको देखाएको छ । सेवा तथा वस्तु विक्रीबाट प्राप्त हुने रकम घटे पनि प्रशासनिक खर्च भने १२ दशमलव ६८ प्रतिशतले बढेको छ । यी क्षेत्रगत संस्थानहरूमा आर्थिक वर्ष २०७६/७७ मा ३५ अर्ब ६१ करोड १९ लाख रहेको प्रशासनिक खर्च त्यसको अघिल्लो वर्ष भने ३१ अर्ब ६० करोड ५८ लाख रुपैयाँ थियो । संस्थानहरूको प्रशासनिक कार्य र कर्मचारीको तलबभत्तामा हुने यस्तो खर्च सबैभन्दा बढी नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा बढी हुने गरेको छ । सरकारले लाभांश भने पाँचओटा सार्वजनिक संस्थानबाट मात्र पाउने गर्छ । त्यसमध्ये दूरसञ्चारको ४३ दशमलव ८२ प्रतिशत र नेपाल आयल निगमको ३६ दशमलव ५६ प्रतिशत प्राप्त गर्छ । आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्म आइपुग्दा सरकारले १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँ लाभांश आर्जन गरेको छ । कुल शेयर लगानीको तुलनामा लाभांश ४ दशमलव ८८ प्रतिशत हो । यी संस्थानहरूमा हालसम्म २८ हजारर ३६४ जना जनशक्ति कार्यरत छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यस्तो संख्या १ दशमलव ३० प्रतिशतले घटेको थियो । लेखा परीक्षणलाई बाध्यकारी बनाइए पनि २५ ओटा संस्थानले नियमित रूपमा लेखापरीक्षण नै नगराएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार दुग्ध विकास संथान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, उदयपुर सिमेन्ट, नेपाल ओरिण्ड म्याग्नेसाइट, नेपाल मेटल कम्पनी, कृषि सामग्री कम्पनी, नेपाल वन निगम, औद्योगिक क्षेत्र व्यवस्थापन, नेपाल पारवहन तथा गोदाम व्यवस्था, नेपाल वायुसेवा निगम, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र र नेपाल नागरिक उड्डयन प्राधिकरणले लेखापरीक्षण गराएका छैनन् । यसैगरी नेपाल रेल्वे कम्पनी, गोरखापत्र संस्थान, जनक शिक्षा सामग्री केन्द्र, नेपाल टेलिभिजन, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनी, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, नागरिक लगानी कोष, हेटौंडा सिमेन्ट उद्योग, नेपाल औषधि, धौवादी फलाम कम्पनी (हालै स्थापना भएको) र नेपाल पूर्वाधार निर्माण कम्पनीले २०७६/७७ को लेखा परीक्षण गराएका छैनन् । यसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ गरी २ वर्षको र विशालबजार कम्पनी लिले आर्थिक वर्ष २०७३/७४ देखि ४ वर्षको लेखापरीक्षण गराएका छैनन् । यस्तै राष्ट्रिय बीमा संस्थान (जीवन) र राष्ट्रिय बीमा कम्पनी लिले आर्थिक वर्ष २०६९/७० देखि नै लेखापरीक्षण नगराएको पाइएको छ । कतिपय संस्थानले २२ आर्थिक वर्षका लेखापरीक्षण नै गराएका छैनन् । मन्त्रालयको तथ्यांक अनुसार औद्योगिक १०, व्यापारिक चार, सेवा १२, सामाजिक क्षेत्रका पाँच र वित्तीय ९ गरी ४० संस्थान अस्तित्वमा छन् । तर यीमध्ये ३८ ओटा संस्थान मात्र सञ्चालनमा छन् । यसैगरी सरकारले १८ ओटा संस्थानलाई निजीकरण गरिसकेको छ । निजीकरण गरिएकामध्ये ६ ओटा बन्द भएका छन् । अर्थ मन्त्रालयका अनुसार निजीकरण भई नाफामा रहेकाहरूमा नेपाल बिटुमिन तथा ब्यारेल उद्योग, नेपाल ल्युब आयल, नेपाल ढलौट, रघुपति जुट मिल, नेपाल बैंक लि, नेपाल चिया विकास निगम, बुटवल पावर कम्पनी र नेपाल दूरसञ्चार, भक्तपुर इँटा टायल कम्पनी छन् । उक्त प्रतिवेदनले केही संस्थाहरू नाफामा रहे पनि केही भने सरकारका लागि वित्तीय बोझ भएको उल्लेख गरेको छ ।