आईपीओ ल्याउने तयारीमा रहेको आइएमई लाइफले कमायो रू. ७ करोड ७९ लाख नाफा, बीमाशुल्क आर्जन ३२% बढ्यो

फागुन १, काठमाडौैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ७ करोड ७९ लाख नाफा कमाएको छ ।  यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५ प्रतिशतले वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ७ करोड ४० लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमससम्ममा रू. १० करोड ७५ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ११ करोड १३ लाख पुगेको हो ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ५८ करोड ७१ लाख र जीवन बीमा कोषमा रू. ३ अर्ब ८७ करोड सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले कुल रू. १ अर्ब ६३ करोड बीमाशुल्क आर्जन गरेको छ ।  यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ३२ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासम्ममा रू. १ अर्ब २३ करोड बीमाशुल्क आर्जन गरेको थियो । साथै कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो ।  उक्त आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछ ।  

सम्बन्धित सामग्री

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

२२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु […]

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ।...

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

काठमाडौँ,२२ मङ्सिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको […]

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ। विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन योपटक निर्धारित मिति फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए। ‘सबै निर्वाचन सकिए, अब हामी पनि नियमित हुन नसकेको स्ववियु निर्वाचनको तयारीमा लाग्छौँ’&s

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । वि.सं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ ।त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए । “सबै निर्वाचन सकिए, अब हामी पनि नियमित हुन नसकेको स्ववियु निर्वाचनको तयारीमा लाग्छौँ”, उनले भने, &l

बजेटको तयारीमा जनप्रतिनिधि

दाङ-प्रदेश सरकारले १ असारमा बजेट ल्याउने तयारीमा रहेका छन् त्यस भन्दा पहिले नीति कार्यक्रम ल्याउने छन् । स्थानीय तहहरुले १० असारमा बजेट ल्याइ सक्नु पर्ने संवैधानिक वाध्यता रहेको छ । १० असार अघि नै नीति कार्यक्रम ल्याउने छन् । त्यसैअनुसार नव निर्वाचित जनप्रतिनिधिहरु आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुट्न थालेका छन् । निर्वाचनका कारण बजेट […]

संघसंस्थाहरु मेला र महोत्सवको तयारीमा

कास्कीका विभिन्न संघसंस्थाहरु मेला र महोत्सव गर्ने आन्तरिक तयारीमा जुटेका छन्। केही संघसंस्थाले मिति सार्वजनिक गरिसकेका छन्। कोही पर्ख र हेरको अवस्थामा छन्।...

एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा

नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् ।

स्मार्टफोन कम्पनीहरु विद्युतीय सवारी बनाउने तयारीमा

पछिल्लो समय धेरै स्मार्टफोन कम्पनीहरु विद्युतीय सवारी बनाउने तयारीमा छन्।

विवाहको तयारीमा थिए सिद्धार्थ र शहनाज

हृदयघातका कारण सेप्टेम्बर २ मा अभिनेता सिद्धार्थ शुक्लाको मृत्यु भयो । मृत्युपछि बिग बोसको १३ औँ सिजनबाट उनीसँग नजिकिएकी शहनाज गिलको पनि चर्चा भइरहेको छ । उनीहरु विवाहको तयारीमा समेत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । रिपोर्टको अनुसार शहनाज र सिद्धार्थ यसै वर्षको डिसेम्बरमा विवाह गर्ने तयारीमा थिए । भारतीय सञ्चार माध्यमले उनीहरुले इन्गेजमेन्ट पनि गरिसकेको बताउँदै आएका छन् । मिडिया रिपोर्टका अनुसार सिद्धार्थ र शहनाजले विवाहको तयारीका लागि परिवारलाई बताएका थिए । उनीहरु विवाहका लागि