स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो ।
रियलका भिनिसियस जुनियरले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो सँगै रियलले कीर्तिमानी १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । च्याम्पियन्स लिगमा रियलसँगको हारसँगै लिभरपुल यो सिजन दुई उपाधिमा सीमित भएको छ ।
लिग कप र एफए कप जितेको लिभरपुलले प्रिमियर लिग र च्याम्पियन्स लिगमा हार बेहोरेको हो । स्पेनि...