स्वस्थ माटोको महत्त्वबारे सचेत गराउन र माटोजन्य स्रोतको दिगो व्यवस्थापनको लागि वकालत गर्न हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाइन्छ ।
दिवसको मुख्य उद्देश्य भनेको माटो व्यवस्थापन सम्बन्धी बढ्दो चुनौतीलाई सम्बोधन गर्दै, माटो लवणीकरणसँग जुध्दै, माटोप्रतिको सचेतना वृद्धि र समाजलाई माटो स्वास्थ्य सुधार गर्न प्रोत्साहन गर्ने जस्ता कार्य गरेर पारिस्थितिक र मानव कल्याणलाई कायम राख्ने गरी महत्त्वबारे जागरुक बनाउनु हो ।
संयुक्त राष्ट्रसङ्घ खाद्य एवं कृषि सङ्गठनको वेबसाइटमा विश्व माटो दिवस सम्बन्धी अन्तरक्रियात्मक नक्सा हेर्ने हो भने विश्वभ...