काठमाडौं : ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुआत’ नाराका साथ नवौँ विश्व माटो दिवस मनाइँदै छ। स्वस्थ माटोको महत्त्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा दिन यो दिवस मनाइन्छ।सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो। नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ। कृषिका गतिविधि, खाद्य सुरक्षा, पोषण सुरक्षा र जलवा