नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सो पार्टीका धेरै नेताहरुले प्रायः भन्ने गरेका छन्– ‘पाँच दल त के १० दलको गठबन्धन बनाए पनि एमाले एक्लै चुनाव लड्न तयार छ ।’ ओलीले चुनावी सभा र भाषणहरूमा अरु विम्ब पनि प्रयोग गर्ने गरेका छन्– ‘एमाले क्वीन्टल र गठबन्धनमा रहेका पाँच पार्टीहरू एक–एक किलो गरी पाँच किलोका ढक हुन् ।’भाषणमा एमाले अध्यक्ष ओलीले यसो भन्ने गरे पनि एमाले पार्टीको तयारी भने फरक देखिन्छ । गठबन्धनलाई कहिले भैँसी त कहिले बाख्रासँग तुलना गर्ने