पोखरा । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी नपाएसम्म मुख्यमन्त्रीलाई सघाउने बताएका छन् । विनाविभागीय मन्त्री नियुक्त भएको झण्डै दुई सातापछि आयोजित पत्रकार सम्मेलनमा उनले आफू पार्टीको इमान्दार कार्यकर्ता भएकोले मुख्यमन्त्रीलाई सघाउनु नै आफ्नो दायित्व रहेको प्रष्ट्याए ।उनले भने, ‘पहिलो चरणमा नै मन्त्री बन्छु भन्ने लागेको थियो । कुराले मिलेन । अहिले आएर पार्टीले मेरो आवश्यकता महसुस गरेपछि मन्त्री बन्ने मौका मिल्यो ।’ विश्वकर्मालाई मुख्यमन