तुलसीपुर : दाङको तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्छन्, अनि पुग्छन् बसपार्क। उनी प्रत्येक शनिवार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन्।
उनी बसपार्क सफा गर्ने कर्मचारी भने होइनन्। तर, सामाजिक उत्तरदायित्व बहन गर्दै उनले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्छन्। उनले यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो।…