यस वर्ष रौतहटमा उखु उत्पादन आधा नै घटेको छ । उखुको रकम भुक्तानीमा ढिलाइ र चिनी मिल नै बन्द भएपछि यहाँका किसानले उखु खेती छोडेपछि उत्पादन घटेको हो ।
रौतहटको मध्यभागमा रहेको श्रीराम सुगर मिल्स गत वर्षदेखि बन्द छ । अर्को कटहरिया नगरपालिकामा रहेको बाबा बैजुनाथ चिनी मिल भने गत वर्षदेखि नै सञ्चालनमा छ तर उखु उत्पादन घटेको कारण मिलको लक्ष्य पूरा हुन सकेको छैन ।