कोरोना महामारी र चीनले नाका बन्द गर्दा ३ वर्षदेखि रोकिएको मानसरोवर–कैलाश तीर्थयात्रा सुरु भएको छ । तीर्थयात्राका लागि झन्डै १२ सय जनाले बुकिङ गराएका छन् । चीनले नाका बन्द गरेका कारण ७ सय ८१ जना भारतीय तीर्थयात्री र ४ सय ८९ जना विदेशी पर्यटकले नेपाली भूमि लाप्चाबाटै मानसरोवर–कैलाशको दर्शन गर्ने भएका हुन् ।