कोरोनापछि हिल्साबाट मानसरोवर कैलाशको दर्शन सुरु

सिमकोट – कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको विदेशी धार्मिक पर्यटकद्वारा दर्शन सुुरु भएको छ। कोरोना कम हुँदा हिल्सा नाका दुुईतर्फी रुपमा सञ्चालनमा ल्याएपछि मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरू शुुक्रबारबाट नेपालगञ्ज हुँदै सिमकोट आउन थालेपछि सुरु भएको हो। मानसरोवर कैलाशको दर्शनका लागि पहिलो दिन नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट ३४ जना धार्मिक पर्यटकहरू सिमकोट आइपुुगेका हुन्। […]