पोखरा रंगशालामा प्याराग्लाइडिङ खेलाडी निसिमको सालिक स्थापना हुने

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रंगशालामा अर्धकदको सालिक स्थापना गरिने भएको छ । बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी […]

सम्बन्धित सामग्री

बुटवलका स्थानीयले राजमार्गमा बनाए पृथ्वीनारायण शाहकाे सालिक

सिद्धार्थ राजमार्गको बुटवल-बेलहिया सडकखण्डअन्तर्गत बुटवल उपमहानगरपालिका-१०, कालिकानगरमा शाहकाे पूर्ण कदकाे सालिक स्थापना गरिएको हाे ।

गोरखाको प्रवेशद्वारमा सहिद थापाको सालिक

गोरखा, २४ साउन । गोरखा प्रवेश गर्ने मुख्य नाका गोरखा नगरपालिका–१३ देउरालीस्थित मझुवामा प्रथम सहिद लखन थापामगरको सालिक निर्माण गरिएको छ । गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा मझुवास्थित गोरखा प्रवेशद्वारसँगै प्रथम सहिद थापामगरको पूर्णकदको सालिक स्थापना गरिएको हो । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरका अनुसार सहिद थापामगरको सम्मान गर्न र गोरखा प्रवेश गर्ने प्रत्येकलाई उनको बारेमा […]

कम्युनिष्ट पार्टीका संस्थापकहरुको सालिक स्थापना कार्य अलपत्र

काठमाडौं, १५ असार । पुष्पलाल अध्ययन केन्द्रले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा जन्म शताब्दी समारोह समिति घोषणा गरेको छ । पुष्पलाल श्रेष्ठ ९९औं वर्ष पुरा गरी एक सय वर्षमा प्रवेश अवसरमा आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा अन्तरक्रिया कार्यक्रम गरी आगामी एक वर्षभित्र गर्ने कार्यक्रमको घोषणा गरेको हो । पुष्पलाल वि.सं. […]

सोलेडाँडामा उद्यान निर्माण गरी सहिदका सालिक स्थापना

ढोरपाटन – तमानखोला गाउँपालिकाले विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्मानमा सोलेडाँडामा उद्यान निर्माण गरि सालिक स्थपाना गरेको छ । गाउँपालिकाले प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दकसहित सशस्त्र द्वन्द्वका बेला तमानखोलाबाट ज्यान गुमाएका दुर्गाबहादुर बुढा, प्रेम घर्तीमगर, ओमकार बुढा र गङ्गबहादुर पुनको सालिक स्थापना गरेको अध्यक्ष बुढा मगरले जानकारी […]

शिवराजमा पृथ्वीनारायणको सालिक शिलान्यास

चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको सालिक स्थापना हुने भएको छ। बुधवार ३०१ औँ जन्मजयन्तीका अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिलान्यास गरेका हुन्।२५ लाख रुपैयाँ लागतमा निर्माण हुने सालिक सहित पार्क पनि बनाइने बताइएको छ। सालिक शिलान्यास गर्दै लुम्बिनी प्रदेशसभा सदस्य केसीले पुर्खा र पूर्वजलाई सम्मान गर्नुपर्ने बताए।बाइसे चौबीसे राज्य रहेको अवस्थामा एकीकरण गरी सिंगो नेपाल निर्माणका नायकको जन्मजयन्तीकै अवसरमा सालिक शिलान्यास गरिनु

सिटीको मैदानमा अग्युरोको सालिक

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले सर्जियो अग्युरोको सालिक स्थापना गरेको छ । सिटीले पूर्व स्ट्राइरको सम्मानमा घरेलु मैदान इतिहादमा सालिक स्थापना गरेको हो ।यसअघि सिटीले भिन्सेन्ट कोम्पनी र डेभिड सिल्भाको सालिक स्थापना गरेको थियो । सिटीमा १० वर्ष बिताएर अग्युरो स्पेन आएका थिए । अग्युरोले सिटीका लागि ३ सय ९० खेलमा २ सय ६० गोल गरेका छन् ।अग्युरोले यसै सिजन खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए ।

कांग्रेस पार्टी कार्यालयमा बीपीको सालिक स्थापना

नेपाली कांग्रेस खोटाङको कार्यालयमा बीपी कोइरालाको सालिक स्थापना गरिएको छ ।

यादवको स्मृतिमा सालिक स्थापना

प्रजातन्त्रका सेनानी भागवतप्रसाद यादवको स्मृतिमा सालिक स्थापना गरिएको छ । सिम्रौनगढ नगरपालिका–९ कचोर्वाको बसवरियामा उनको सालिक स्थापना गरिएको हो । स्वर्गीय भागवतप्रसाद यादव स्मृति प्रतिष्ठानका अध्यक्ष तथा सिम्रौनगढका नगर प्रमुख विजयशंकर यादवले अर्धकदको शालिक स्थापना गरिएको बताए । ‘प्रजातन्त्र, देश र जनताका लागि बुवाले पुर्‍याउनुभएको योगदानलाई जीवन्त राख्न आफ्नै प्रयासमा सालिक स्थापना गरेको हुँ,’ यादवका छोरा समेत रहेका विजयशंकरले भने ।

सुर्खेतको गढीमा पृथ्वीनारायणको सालिक स्थापना

सुर्खेत- नेपाली सेनाले सुर्खेतको वयलकाँडा गढीमा पृथ्वीनारायण शाहको सालिक स्थापना गरेको छ।पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर निमारे सुर्खेतले मंगलबार सालिक अनावरण गरेको हो । उपरथी प्रेम शाहीले एक कार्यक्रमकाबीच सालिका अनावरण गरे । उनले संस्कति संरक्षण गर्दै आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उदेश्य अनुसार सालिक राखिएको उपरथी शाहीले जानकारी दिए । गढी क्षेत्रमा […]

जनआन्दोलनमा ढालिएको राजा वीरेन्द्रकाे सालिक पुनः राखियो

सुर्खेत, १४ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा रहेको स्व.राजा वीरेन्द्रको सालिक १६ वर्षपछि पुनः राखिएको छ । २०६६-०६३ सालको जनआन्दोलनका क्रममा स्व. राजा वीरेन्द्रको सालिक आन्दोलनकारीले ढालेका थिए । वीरेन्द्रको सालिक राख्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । एक पक्षले राख्नुपर्ने र अर्काे पक्षले राख्न नहुने विवादकै कारण सालिक स्थापना हुँदै […]